वडा बाल सञ्जाल गठन

वडा बाल सञ्जाल गठन

पथरी, मोरङको पथरीशनिश्चरे ६ मा वडा बालसंजाल गठन भएको छ । बालबालिकाको बाल अधिकार प्रवद्र्धन तथा सृजनशील गतिविधिका लागि बुधबार वडा बाल सञ्जाल गठन भएको हो ।

पथरीशनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा युवा जागरण नेपाल उर्लावारीले सो कार्यक्रमको आयोजना गरेको हो । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा नेहा राई रहेकी छन् । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सुरज मंडल, सचिव अनिता केवरथ, सहसचिव जस्टिना राई, रिया भुजेल, सदस्यहरुमा क्रमशः कृष्णजंग निरौला, अंकित रायमाझी, विष्णुचन्द्र मंडल र सविता शर्मा रहेका छन् ।

पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले निर्वाचितहरुलाई टीका लगाइदिँदै वाल अधिकार संरक्षण गर्न तथा सृजनशील हुन शुभकामना व्यक्त गरिन् । मन्तव्य राख्दै विष्टले सवै वडा र नगर वाल सञ्जाल गठन गर्न नगरपालिका लागि परेको पनि जानकारी दिइन् । आगामी दिनमा नगरका सबै वडाहरुमा वाल संजाल गठन गरी नगर संजाल पनि गठनको प्रकृया अगाडी बढाउन आयोजक संस्था युवा जागरणलाई विष्टले सुझाइन् ।

कार्यक्रममा, युवा जागरण नेपालका अध्यक्ष अर्जुन वास्तोला र तिलक नेपालीले सञ्जाल गठन प्रक्रियाको सहजिकरण गरेका थिए । युवा जागरणले उर्लाबारी, पथरीशनिश्चरे लगाएतका स्थानीय तहहरुमा सामाजिक विकासका क्षेत्रमा कार्यक्रमहरु गरिरहेको छ । चाडैँ नै नगर संजाल गर्ने र नगरलाई बालमैत्री बनाउने कुरामा युवा जागरण लागि पर्ने अध्यक्ष बास्तोलाले बताए ।

सम्बन्धित खवर