नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग २–० ले पराजित, अंकविहिन हुँदै घर फर्कियो

नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग २–० ले पराजित, अंकविहिन हुँदै घर फर्कियो

एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग २–० ले पराजित भएको छ ।

पहिलो हाफमा नै २–० ले पछाडी परेको नेपाल खेलमा फर्कन नसक्दा अंकविहिन हुँदै घर फर्कन बाध्य भयो । अफगानिस्तानका लागि २४ औं मिनेटमा सुलिमान साह खोरामीले सुरुवाती अग्रता दिलाएका थिए । अहमद ओम्रानले त्यसको १० मिनेटपछि गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

पहिलो खेलमा ओमानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कतारसँग ५–० ले हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । अन्तिम खेलमा अफगानिस्तानसँग हारेपछि नेपाल अंकविहिन हुँदै घर फर्कन बाध्य भयो ।

सम्बन्धित खवर