सामुदायिक वनमा ट्रायल सेन्टर, वार्षिक १० हजार असुल्दै वनका पदाधिकारी

सामुदायिक वनमा ट्रायल सेन्टर, वार्षिक १० हजार असुल्दै वनका पदाधिकारी

मोरङ, मोरङको उर्लाबारी नगरपालिका वडा नं. २ मा पर्ने सालबारी सामुदायिक वनको जग्गामा ट्रायल सेन्टर निर्माण गरेको पाइएको छ । सो क्षेत्रमा नेम्वाङ ड्राइभिङ सेन्टरले आफ्नो ट्रायल सेन्टर निर्माण गरिरहेको हो ।

वन क्षेत्रमा कुनैपनि निर्माणका कामहरु गर्न नपाइने नियम छ । तर नियमको कुरा छाडौँ यहाँ त कङ्क्रिटको पक्की ट्रायल सेन्टर तयार गर्न खोजिएको छ । धमाधम निर्माणको क्रममा रहेको सो सेन्टर हाल रोकिएको छ । यस विषयमा सो सामुदायिक वनका अध्यक्ष नरेन्द्र थपाले भने (मलाइ यो विषयमा थाहा नभएका कारण गल्ती भएको हो । खास त्यस्तो केही भएको छैन् हामीले यो गर्न नहुने रहेछ भन्ने थाहा पाउने वितिकै निर्माण कार्य रोक्न लगाएका छौँ । अब केही दिनमा नै डोजर लगाएर त्यो निर्माण भएको संरचना भत्काइने छ ।)

यस विषयमा समुहका अन्य पदाधीकारीहरु भने बोृल्न मानेका छैन्न । आफुलाइ नियमका बारेमा थाहा नभएको बताउदै आएका वन समूहका अध्यक्ष थापा र नेम्वाङ ड्राइभिङ सेन्टरका संचालक अनुप नेम्वाङले भने लिखित रुपमा सहमति पत्रमा २०७५ फागुन १८ गते हस्ताक्षर गरेका छन् । वार्षिक १० हजार रुपैया लिनेगरी भएको सहमति अनुसार वन समूहले पहिलो किस्ता वापतको रकम १० हजार रुपैया फागुन २० गते बुझेको भर्पाइ समेत फेला परेको छ ।

सहमती पत्र
रकम बुझेको भर्पाइ

आफुहरुको सहमति अनुसार नै काम गरेको ड्राइभिङ सेन्टरका संचालक अनुप नेम्वाङले बताए । तर पछि विवाद आएका कारण निर्माणको काम बिचैमा रोक्नु परेको उनले बताएका छन् । यी सबै काम भइरहदाँ पनि सरोकारवाला निकाय भने मौन बसेको छ ।

सम्बन्धित खवर