पथरीमा बजार अनुगमन सुरु

पथरीमा बजार अनुगमन सुरु

पथरी, मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरणका लागि आव्हान गर्न मंगलबारदेखि बजार अनुगमन् थालिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, जनप्रतिनिधि, प्रहरी, नगरका कर्मचारीहरुको टोलीले वडा नम्वर १ को पथरी बजारमा अनुगमन् गरेको छ ।

अनुगमनका क्रममा, १ सय ४३ पसल एवम् व्यवसायमा अनुगमन् हुँदा ३३ वटा पसल नगरपालिकामा दर्ता नभएका र २८ पसल नविकरण नभएको तथ्याङ्क फेला परेको अनुगमन संयोजक वास्तोलाले जनाउनु भयो ।

नगरपालिकामा दर्ता र नविकरण हुन वाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियान अघि बढाइएको छ ।

सम्बन्धित खवर