पथरी शनिश्चरेको आठौँ नगरसभा सम्पन्न, झण्डै २ करोड बराबरको पुरक बजेट

पथरी शनिश्चरेको आठौँ नगरसभा सम्पन्न, झण्डै २ करोड बराबरको पुरक बजेट

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको ८ औँ नगरसभा सम्पन्न भएको छ । नगर सभाले १ करोड ९६ लाख ७१ हजार ५४८ रुपैयाँ बराबरको पुरक बजेट पास गरेको प्रवक्ता याम प्रसाद गुरागाँइले जानकारी दिनुभयो ।

शुक्रबार सम्पन्न सभाले ६० प्रतिशतको हाराहारीमा योजनाहरु सम्पन्न हुने अवस्थामा पुगेको निर्णय गरेको छ । सभाले विभिन्न २२ वटा शीर्षकमा सो बजेट बाँडफाँड गरेको छ । सभाले स्वास्थ्य विधेयक २०७७, कृषि व्यावसाय प्रवद्र्धन विधेयक २०७७, संस्था दर्ता विधेयक २०७७ र सहकारी ऐन २०७६ को प्रथम संसोधन पारित गरेको गुरागाँईले शनिवार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उठेका जवाफ सहित वडा अध्यक्षहरु डम्बर बहादुर चेम्जोङ, गोविन्द भण्डारी, कपिलमणि ढकाल सहितले आफ्ना कुराहरु राख्नुभयो । नगरमा भर्खरै भूमि आयोगबाट सम्पन्न भएको लगत संकलनको कामलाई आयोगको सफ्टवेयरमा इन्ट्रि गर्ने काम भइरहेको पनि जनाइएको छ । आयोग मार्फत करिब ११ हजार घर परिवारको लगत संकलन भएको जनाइएको छ ।

सम्बन्धित खवर