हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन सम्बन्धी प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी

हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन सम्बन्धी प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी

पथरी, मोरङ पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी भएको छ ।

वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंले आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई दुरुस्त जोगाएर मात्रै पर्यापर्यटनको विकास गर्नुपर्ने बताउनु भएको छ ।

देशकै उत्कृष्ट बनेको नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहको आतिथ्यतामा सम्पन्न गोष्ठीमा उहाँले पथरी शनिश्चरे नगरमा पनि पर्यापर्यटनको विकासका लागि नगरले साझेदारी कार्यक्रम अघि बढाउँदै गरेको जनाउनु भयो । उहाँले नियम कानूनको परिधिमा रही वनलाई उद्यमका रुपमा अघि बढाउँदै पर्यापर्यटनको विकासमा लाग्न सहभागिलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।

डिभिजन वन भोजपुरका अधिकृत विष्णुलाल घिमिरे, सुनसरीका अधिकृत रामबहादुर श्रेष्ठले सामुदायिक वन र पर्यापर्यटनका बारेमा बोल्नुभयो । हरियाली वनका तर्फबाट केशव दहालले सो संस्थाले खडा गरेको कम्पनीका बारेमा जानकारी समेत गराउँदै संस्थाले तयार गरेको पर्यापर्यटनको बृहत् डीपीआर प्रस्तुत गर्नुभयो ।

सामुदायिक वन अध्ययन केन्द्रका विष्णु ज्ञवालीले सहजीकरण गर्नुभएको गोष्ठीमा १ नम्बर प्रदेशका प्रति जिल्ला २ जनाका दरले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सहभागी थिए ।

सम्बन्धित खवर