तोकिएकै समयमा निर्वाचन हुन्छ : नेता नेम्वाङ

तोकिएकै समयमा निर्वाचन हुन्छ : नेता नेम्वाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

सदरमुकाममा बिहीबार यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।

“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ” नेता नेम्वाङले भने,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।”

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।

सम्बन्धित खवर