उर्लावारीमा सडक अतिक्रमण हटाउदा विवाद, कानुनी दायरामा बसेर काम गरेका छौःमेयर

उर्लावारीमा सडक अतिक्रमण हटाउदा विवाद, कानुनी दायरामा बसेर काम गरेका छौःमेयर

कुमार खड्का, उर्लावारी ।

मोरङको उर्लाबारी नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले सडक छेउछाउमा निर्माण गरेका संरचना हटाउन थालेपछि स्थानियले विरोध जनाएका छन् ।
उर्लावारी नगरपालिकाको पुर्वी सिमाना मावा खोला देखी पश्चिमी सिमाना सनझोरा खोला क्षेत्र सम्म पूर्वपश्चिम राजमार्गको क्षेत्रमा निर्माण भएका सवै संरचना हटाउन नगरपालिकाले सुरु गरे सगै केही स्थानमा विरोध उत्पन्न भएको हो ।


पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको र दुर्घटनाका गतिविधि बढेकाले नगरपालिकाले राजमार्ग अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु भत्काउन लागेको बताइएको छ ।
नगरपालिकाले संरचना मात्रै नभएर बाटो छेकिने गरी राखिएका होडिङ बोर्ड समेत हटाइएको छ । यसै क्रममा नगरपालिकाले उर्लाबारीको आइतवारे र मंगलवारे क्षेत्रमा निर्माण गर्दै गरेका २ वटा संरचना लाई डोजर लगाएर भत्काए पछि विवाद उत्पन्न भएको हो ।


आईतवारेमा केशब सुवेदीले निर्माण गरिरहेको संरचना सडक क्षेत्रको १ सय ४ मिटरभित्र निर्माण गरिएको भन्दै भत्काएको छ ।
भने मंगवारेमा अम्बिका खतिवडाले निर्माण गरेको भौतिक संरचना समेत सडकको क्षेत्र अतिक्रमण गरि निर्माण गरेको भन्दै भत्काएपछि विवाद उत्पन्न भएको हो ।
नगरपालिकाले पुर्व सुचना नदिई अन्य स्थानमा निर्माण भएका संरचनाहरु छोडेर आफुले मात्रै निर्माण गरेको संरचनामा मनोमानी ढंगले डोजर लगाएको र आफुसग व्याक्तिगत दुश्मनी भएको जस्तो व्यावहार गरेको खतिवडाले बताए
यस्तै अर्का स्थानिय राजन थापाले पनि नगरपालिकाको कार्य राम्रो नभएको बताएका छन् ।
नगरपालिका स्थानिय सरकारको रक्षक भए पनि आफ्नो मनोमानी ढंगले अगाडी वढ्दै भक्षक भएको अर्का एक स्थानिय डिल्ली खतिवडाले समेत आरोप लगाएका छन् ।


भने आइतबारेका केशव सुवेदीले मेयर फागोलाई नै कार्यकक्षमा भेटेर निर्मांणधीन संरचनामा डोजर लगाइनुको कारण बारे जानकारी लिएर पर्फेका थिए ।
सुवेदीलाई मेयर फागोले कानुनी दायारा भन्दा बाहीर रहेर निर्माण गरेका कारण हटाएको जवाफ दिएर फर्काएको बुझिएको छ ।
यता नगरपालिकाले भने कानुन संम्वत हिसावले नै नवनिर्मीत संरचनाहरु हटाएको जनाएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ ले तोकेको कार्यक्षेत्रको आधारलाई टेकेर नै नव निर्मीत संरचनाहरु भत्काइएको उर्लावारीका मेयर खड्ग फागोले बताउनु भएको छ ।
फागो भन्छ्न-“स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ७ को दफा १ मा भवन निर्माण तथा सडक सम्वधी व्यावस्थाले कसैले पनि गाउपालिका वा नगरपालिका भित्र नक्सा पास नगराई भवन निर्माण गर्नु हुन्न भनि स्पष्ट तोकेको छ ।
तर यि दुवै संरचना मापदण्ड विपरीत र कानुनी रुपमा अवैधानिक भएका कारण हटाउनु परेको हो ।”


स्थानिय सरकार संचालन २०७४ मा यस्तो छ व्यावस्थाः
स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ७ को दफा १ मा भवन निर्माण तथा सडक सम्वधी व्यावस्थाले कसैले पनि गाउपालिका वा नगरपालिका भित्र नक्सा पास नगराई भवन निर्माण गर्नु हुन्न भनि स्पष्ट तोकेको छ ।
त्यस्तै दफा ५ को उपदफा २ बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले यस ऐन बमोजीम नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन बनाएको भए ५ लाख रुपैयासम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए २ लाख रुपैयासम्म जरिवाना गरी अध्यक्ष वा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिनेछ भनि लेखीएको छ ।
यस्तै सडकको हकमा पनि स्थानिय सरकार संचालन ऐनको परिच्छेद ७ को २ मा गाउपालिका तथा नगरपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको दाया वाया अधिकार क्षेत्र ( राइट अफ वे) को मापदण्ड पालना गर्नु गराउनु पर्ने छ भनि लेखिएको छ भने सोही को ३ मा गाउपालिका तथा नगरपालिकाले उपदफा (१) वा (२) बमोजिमको सडकको अधिकारक्षेत्रभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन आदेश दिन सक्ने व्यावस्था गरेको छ ।
मेयरले मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन आदेश दिएको हो जुन अधिकार कुनै पनि पालिकाको अध्यक्षलाई स्थानीय सरकार संचालन ऐनले दिएको छ जसको कार्यान्वयन गराउनु स्थानिय सरकारको जिम्मेवारी हो ।
कसैले आफ्नो अनुकुल नहुदा विरोध गर्नु सामान्य हो । कानुनी आधारलाई मानेर हामीले कानुनको कार्यान्वयन गराएका हौ कसैले भक्षकको व्यावहार भयो भनेर भन्दैमा केही फरक पर्दैन हामी रक्षक हौ रक्षकको काम गर्छौ भक्षकको होइन ।
कसैले आफ्नो अनुकुल नहुदा विरोध गर्नु सामान्य हो । कानुनी आधारलाई मानेर हामीले कानुनको कार्यान्वयन गराएका हौ कसैले भक्षकको व्यावहार भयो भनेर भन्दैमा केही फरक पर्दैन हामी रक्षक हौ रक्षकको काम गर्छौ भक्षकको होइन ।
नगरपालिकाले कुनै पनि सुचना नदिइ भत्काउन आएको भनेर लगाएको आरोप बिरोधका लागि बिरोध मात्रै भएको पनि फागोले बताएका छन् ।
फागोले दुवैजनालाई काम रोक्न र कुनै पनि गतिविधी नगर्न बारम्वर नगर प्रहरीको माध्यम बाट र संचार माध्यमको माध्यम बाट खवर सम्प्रेषण गर्दा पनि अटेरी गरेपछि डोजर लगाउन बाध्य भएको बताउनु भएको छ ।
उर्लावारी नगरपालिकाले राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन सुरू गरेको जनाएपनि हालसम्म पूणर् रुपमा ८२ फिट क्लियर हुन सकेको छैन ।
आगमी दिनमा नगरपालिकाले पुराना बनि सकेका संरचनाहरुको अभिलेखीकरण गरेर तिनीहरुको समेत व्यावस्थापन गर्ने र सडकलाई १ सय ५ मिटर क्लियर गर्ने कार्यमा लाग्ने मेयर फागोले बताउनु भयो ।

सम्बन्धित खवर