यस वर्ष माघे सङ्क्रान्तिका दिन कनकाईमा मेला नलाग्ने

यस वर्ष माघे सङ्क्रान्तिका दिन कनकाईमा मेला नलाग्ने

प्रत्येक वर्ष कनकाई नदी किनारमा लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण कनकाई नगरपालिकाले मेला नलगाउने सार्वजनिक सूचना जारी गरेर जनाएको हो । माघ १ गते अर्थात् माघे सङ्क्रान्तिका दिन यहाँ मेला लाग्ने गरेको थियो । मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतबाट लाखौँ तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो ।

सूचनामा कोरोना भाइरस जोखिमका कारण यस वर्ष हाट बजार लगाउने, टेन्ट टाँग्ने, पिङ, सर्कस जस्ता मनोरञ्जनलगायत कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । कनकाई नदीमा हिन्दू धर्मावलम्बीहरु मकर नुहाउन, पूजाआराधना गर्न नेपालका विभिन्न स्थानदेखि भारतको सिलगुढी, दार्जिलिङ, सिक्किमलगायतका स्थानबाट एक लाखभन्दा बढी भक्तजन आउने गर्थे ।

सम्बन्धित खवर