पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा हुने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा हुने

कास्की : पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १५औँ संस्करण आगामी फागुन १ गते हुने भएको छ । पोखरालाई खेलकुद पर्यटनको शहरुको रुपमा विकास गर्ने उद्देश्यसाथ भूतपूर्व खेलाडी मञ्च नेपालले म्याराथनको आयोजना गर्दै आएको छ ।

म्याराथन संचालनका लागि १९ उपसमिति गठन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । म्याराथनको विजेताले दुई लाख रुपैयाँ तथा द्वितीयले एक लाख, तृतीयले ७५ हजार र सान्त्वनाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मञ्चले जानकारी दिएको हो ।

मञ्चका अनुसार पहिलो पटक महिला खेलाडीहरुका लागि २१ किलोमिटर (हाफ म्याराथन) प्रतियोगिताको पनि आयोजना गरिएको छ । नेपाली खेलकुदमा महिला खेलाडीको भूमिकासंगै खेलमा आकार्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले भूमिका खेल्ने आयोजकले जनाएको छ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन ४२.१९५ किलोमिटर हुनेछ ।

म्याराथन अन्तर्गत फागुन २२ मा महिला र पुरुषको ह्रिवलचियर दौडको आयोजना गरिएको छ । यसैगरी सोही दिन दृष्टिविहीन दौड (महिला र पुरुष) पनि हुनेछ । १० किलोमिटर दौडको बाटो (महिला र पुरुषको) प्रतियोगिता पनि चैत १४ मा हुनेछ । साथै ५ किमी दौडको बाटो प्रतियोगिता बैशाख ४ गतेलाई राखिएको छ ।

नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ ।

सम्बन्धित खवर