आईपीएल : दिल्लीले सन्दीप सहित अन्य ९ खेलाडीहरुलाई रिलिज गर्ने

आईपीएल : दिल्लीले सन्दीप सहित अन्य ९ खेलाडीहरुलाई रिलिज गर्ने

काठमाडौं : ईन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सनको तयारी सुरु भएको छ । आईपीएल गवर्निङ काउन्सिलले सबै टोलीलाई जनवरी २१ सम्म रिटेन र रिलिज गरेका खेलाडीहरुको नामाबली सार्वजनिक गर्न आदेश दिएको छ । आईपीएल मिनी अक्सनमा सबैभन्दा बढी घाटा चेन्नई सुपर किंग्सलाई हुदा दिल्ली क्यापिटल्स र मुम्बई ईसन्डयन्सलाई फाईदा हुने देखिएको छ ।

चेन्नईले यो सिजनमा १२ खेलाडीहरुलाई रिलिज गर्ने सम्भावना रहेको छ । साथै किंग्स इलेवन पंजाव र राजस्थान रोयल्सले ११–११ खेलाडीहरु रिलिज गर्ने सम्भावना रहेको छ । यसपटकको सिजनमा टोलीहरुको बजेटमा कुनै परिवर्तन गरिएको छैन । टोलीको वालेटमा पछिल्लो सिजनको जस्तै ८५ करोड भारतीय रुपैंया रहने छ । यसमै रिटन गरिएका खेलाडीहरुको मुल्य सामेल रहने छ ।

चेन्नईको वालेटमा हाल सबैभन्दा कम १५ लाख भारतीय रुपैंया रहेको छ । किंग्स ईलेवन पंजाबको वालेटमा सर्वाधिक १६।५ करोड भारतीय रुपैंया रहेको छ । सम्पूर्ण फ्रेन्चाईजी टोलीहरुले आफ्नो टोलीमा अधिकतम २५ र न्युनतम १८ खेलाडीहरु राख्न पाउने छन । कुनैपनि टोलीमा सर्वाधिक ८ विदेशी खेलाडीहरु राख्न पाउने प्रावधान रहेको छ ।

नेपाली लेगस्पिनर सम्मिलित आईपीएल फ्रेन्चाईजी टोली दिल्ली क्यापिटल्सलाई यसपटकको आईपीएल मिनी अक्सनमा फाईदा हुने देखिएको छ । टोली १३ औं सिजनको आईपीएलमा टोली फाईनलमा पुगेको थियो । पछिल्लो सिजनमा टोली ब्यालेन्समा देखिएको थियो । यस पटक टोलीले केही खेलाडीहरुलाई खरिद गरी एक्सपेरिमेन्ट गर्ने सम्भावना रहेको छ ।

टोलीले सन्दीप लामिछाने सहित अजिंक्य रहाणे, आवेश खान, हर्षल पटेल, ईशान्त शर्मा, कीमो पउल, एलेक्स क्यारी, ललित यादव र मोहित शर्मालाई रिलिज गर्ने सम्भावना रहेको छ । साथै श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, जेसन रोय, अमित मिश्रा, कागिसो रबाडा, अक्षर पटेल, आर अश्विन, मार्कस स्टोइनिस, क्रिस वोक्स, ऋषभ पन्त, शिमरोन हेटमायर र तुषार देशपान्डलाई रिटेन गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित खवर