पथरी
लायन्स क्लब पथरीका अध्यक्ष हेम सागर चापागाईंले कक्षा ४ मा पढदै गरेकी प्रज्ञा धिमालको अध्यायनको जिम्मा लिएका छन् । पथरीशनिश्चरे ९मा रहेको आर्दशसिता आधारभुत विद्यालयमा अध्यायनरत रहेकी उनको अध्यायनको जिम्मा अध्यक्ष चापागाईले लिएका छन् । केहि दिन अघि विद्यालयमा सम्पन्न एक कार्यक्रम विच धिमालको अध्यायनमा लाग्ने सवै खर्च चापागाईले व्योर्होने घोषणा गरेका हुन् । धिमालको बुवाको निधन केहि महिना अघि सवारी चलाउने क्रममा भएको थियो । त्यस्तै लायन्स क्लब पथरीको आयोजनामा सोहि विद्यालयमा अध्यायनरत ५०० थान कपि र कलम विद्यार्थीलाई वितरण गरिएको थियो । बुधवार आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष चापागाँईकी आमा इन्द्रकुमारी चापागाईको जन्मदिनको अवसर पारेर सो परिणामको कपि र कलम वितरण गरिएको हो ।






