पशुपतिमा हत्या गरी फरार रहेका अभियुक्त महोत्तरीबाट पक्राउ

पशुपतिमा हत्या गरी फरार रहेका अभियुक्त महोत्तरीबाट पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका–८, पशुपतिस्थित १५ नं. शिवालयमा हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल फागुन ६ गते शिवालय परिसरमा संखुवासभा घर भएका सन्तोष गिरी (सन्तोष परियार) मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ निवासी दर्बेनाथ भन्ने सुविन रानामगर पक्राउ परेका हुन्।

फरार रहेका रानामगरलाई प्रहरीले महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रानामगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।

घटनाको अनुसन्धानबाट हत्या सम्बन्धी थप तथ्य र कारण खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर