मेची सहकारीको सेवाकेन्द्र पथरीमा पनि आउने

मेची सहकारीको सेवाकेन्द्र पथरीमा पनि आउने

पथरी, मेची सहकारी संस्था लिमिटेडको सेवाकेन्द्र (शाखा) मोरङको पथरीमा पनि आउने भएको छ ।

पथरीमा शनिवार पत्रकार भेटघाट गर्दै संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले ५ औँ सेवाकेन्द्र आउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । झापाको दमकमा केन्द्रिय कार्यालय रहेको सकोसले यसअघि झापाकै पाडाजुँगी, मोरङको उर्लाबारी, मिक्लाजुङमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । पथरीमा ५ औँ सेवाकेन्द्रको रुपमा माघ १ गतेबाट कारोबार सुरु गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । १ करोडसम्म लगानी गर्ने मेचीले पथरीका साकोससंग भन्दा पनि विकास बैंकहरुसंग प्रतिष्पर्धा गर्ने भट्टराईले बताउनुभयो ।

२ सय २५ करोड माथि ब्यालेन्स सिट रहेको सकोसमा ९ हजार बढि शेयर सदस्य रहेको सकोसका व्यवस्थापक खोम प्रसाद वगालेले बताउनुभयो । २०५४ सालमा स्थापना भएको मेची सहकारीले शेयर सदस्यको पूर्ण हितमा काम गर्ने गरेको बगालेले बताउनुभयो । पैसा किन्ने र बेच्ने मात्रै नभएर सदस्यहरुको प्रत्यक्ष जीवनस्तर उकास्ने काम गर्ने वगालेले बताउनुभयो ।

१ व्याक्ति १ सहकारीको अवधारणा सरकाले अगाडी बढाइरहेको छ । पथरीमा रहेका थुप्रै सहकारीका बिचमा बहुउद्देश्य प्रकृतिको मेचीले स्वस्थ प्रतिष्प्रर्धा गर्ने सकोसका शिक्षा उपसमिति सदस्य रुद्र बहादुर तामाङले बताउनुभयो । यसअघि मेचीले पथरीका सहकारी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरुसंग छलफल गरिसकेको छ ।

साकोसले पथरीका लागि कर्मचारीको समेत माग गरेको छ । वरिष्ठ सहायक पथरी र उर्लाबारीका लागि १/१ जना, बजार प्रतिनिधि पथरीका लागि १ जना र दमक कार्यालयका लागि कम्प्युटर प्राविधिक १ जनाको माग गरेको हो । हाल पथरीमा शेयर सदस्य वितरण धमाधम भइरहेको र इच्छुक व्याक्तिले कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।


सम्बन्धित खवर