आज राष्ट्रिय टोपी दिवस

आज राष्ट्रिय टोपी दिवस

पोखरा : आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले नेपाली टोपी लगाउने तथा विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली टोपी दिवस मनाउने गर्छन् ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

सम्बन्धित खवर