मुक्ती दाहालको परिवारसंग भयो ९ बुँदे सहमती, दाहालको आजै बक्राहा घाटमा अन्त्येष्टी

मुक्ती दाहालको परिवारसंग भयो ९ बुँदे सहमती, दाहालको आजै बक्राहा घाटमा अन्त्येष्टी

पथरी, मोरङको उर्लाबारी स्थित मदन भण्डारी स्मृती प्रतिष्ठान नेपालका लेखा तथा प्रशासकिय अधिकृत मुक्ती दाहालको परिवारसंग ९ बुँदे सहमती भएपछि परिवारले शव बुझेका छन् । मृत्यु भएको २४ घन्टापछि परिवारले स्थानीय बक्राहा घाटमा दाहासंकार गरेका हुन् ।

सोमवार दिउँसो ताराबारी स्थित प्रतिष्ठानकै कार्यकक्षमा दाहाल झुन्डीएको अबस्थामा भेटिएका थिए । मृतकका छोराको शिक्षाको जिम्मा प्रतिष्ठानले लिने, हाल प्रतिष्ठानमै जागीरेको रुपमा रहेकी मृतककी श्रीमतिलाई जागिरमा बढुवा गर्ने दोषिलाई कार्वाहि गर्न सहयोग गर्ने लगायतका नौ बुद्धे सहमति भएपछि परिवारले शव बुझेको मृतकका छिमेकी पोशकुमार बास्तोलाले बताए ।

मृतक दाहाललाई प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत बिनोद अर्यालले आत्महत्या दुरुत्साहन गरेको भन्दै स्थानीयले विहानै देखि शव बुझ्न अस्वीकार गरिरहेका थिए । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपाका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेताहरुको बाक्लो उपस्थितीमा समस्याको समाधान गर्ने प्रयास गरेका थिए । स्थानीयहरुले प्रतिष्ठानका अध्यक्ष गूरु बराल, अधिकृत अर्याल दुवैलाई छानविन गर्नुपर्ने, अध्यक्षले राजिनामा दिनुपर्ने, अधिकृतलाई निलम्बन गर्नुपर्ने लगाएतका माग राखेर बिहानै देखि दाहालको घरमा तनाब सिर्जना भएको थियो ।

पोष्मार्टम गरीसकेको शव गर्मीका कारण गनाउन थालीसेकेको थियो । अर्यालले केहि दिन अघि लेखा अधिकृत दाहाललाई खालि चेकमा हस्ताक्षर गर्न लगाएर आफैले बोकेपछि उनी थप पिडामा परेको परिवारका एक सदस्यले बताए । श्रद्धाञ्जली दिन दाहालकै घरमा पुगेका प्रतिष्ठानका अध्यक्षलाई स्थानीयको आक्रोसित समुहले हातपात समेत गरेको थियो । अर्याललाई प्रतिष्ठानले बचाउन खोजेको भन्दै मृतकका घरमा भेला भएका आक्रोसित समुहले प्रतिष्ठानका अध्यक्ष बराललाई हातपात समेत गरेका थिए । किटानि जाहेरी दिदा समेत प्रतिष्ठानका पदाधिकारीले अर्याललाई बचाउन खोजेको भन्दै बरालमाथि आक्रोसित समुहले हातपात गरेका हुन् ।

बराल माथी हातपात भएपछि बेलबारी, पथरी, उर्लाबारीका प्रहरी परिचालन गर्नुपरेको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पन्डितले बताएका छन् तर कसैले किटानी जाहेरी दिएकै भरमा पक्राउ गर्न नमिल्ने समेत पन्डितले बताएका छन् ।

सम्बन्धित खवर