एकै परिवारका ५ जनाको घटना स्थलमै मृत्यु भएको १० महिना बित्दा समेत मृतकका परिवारले पाएनन् न्याय

एकै परिवारका ५ जनाको घटना स्थलमै मृत्यु भएको १० महिना बित्दा समेत मृतकका परिवारले पाएनन् न्याय

 

उदयपुर : सुनसरीको कोशी गाउँपालिका ७ हरिपुर चोकमा २०७६ साल मंसिर शनिबार राति १२ बजे ट्रक र एम्बुलेन्स एक आपसमा ठोकिदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ५ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको १० महिना बित्दा समेत मृतकका परिवारले अझै न्याय पाएका छैन ।

विराटनगरबाट उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाका मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षिय शिवमाया राई, छोरा ५० वर्षिय तुलबहादुर राई, भतिज ३२ वर्षिय दिनेश राई, ज्वाई ६१ बर्षीय उद्धव राई, नातिहरु ३१ वर्षिय दुर्गाधन र २८ वर्षिय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो ।

यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो ।

दुर्घटनामा भएको यत्तिका समय सम्म पनी क्षतिपूर्ति नपाएको मृतकी श्रीमती बिना राईले बताइन। अटो रिक्सा चलाएर परिवार पाल्दै आएका दिनेशको मृत्यु भएपछि छोरा छोरीको लालनपालन २९ वर्षिय उनको विनाको काधमा आईपरेको छ । उनका एक छोरा र दुई छोरी रहेका छन ।

सम्पतिको नाममा घर भएको जग्गा मात्रै रहेको र श्रीमानको मृत्यु पछि परिवार चलाउन एकदमै मुस्किल पर्नुका साथै ‘छोरा छोरीलाई पढाउन लेखाउन समेत समस्या परेको बिनाले बताईनन ।

बिनाले भनिन्न “न ट्रक व्यवसायीबाट पाउनु पर्ने क्षतिपूर्तिनै पाईयो न प्रहरीले र्दुघटना गराउने चालकलाई समात्यो।”

‘आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिन वित्ने गरेको र परिवार पाल्नका लागि श्रीमानले किस्तामा ल्याउको अटो समेत बिस्ता तिर्न नसके पछि फाइनान्सले लगेको उनले बताईन् ।

ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गईयो तर, प्रहरी प्रशासनले हाम्रो कुरै सुनुवाई नगरेको बिनाले गुनासो गरिन्।

२४ वर्षिय लिला राई र टेकेन्द्र विच विवाह भएको ६ महिना नवित्दै टेकेन्द्र दुर्घटनामा ज्यान गुमाए । मृतककी श्रीमति लिलाले भनिन्, २ महीनाकी ‘छोरी गर्भमा थीई अहिले ३ महिनाकी भएकी छिन् ।

बिराटनगर बाट आउदै छू है लीला भनेर फोन गर्नु भएको थियो तर उहा कहिल्लै नफर्किने गरी हामीलाई छोडेर जानु भयो। श्रीमान श्रीमति विचको माया कस्तो हुन्छ भन्ने ६ महिना नपुग्दै दैवले टुटाइ दियो ।

लिला मात्र होइन उनकै जेठानी दुर्गाधनकी श्रीमति २४ वर्षिय सृजना राई पनि बैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै वियोगान्तमा परिणत भयो ।

अहिले उनी ४ वर्षिय छोरीसँग बस्छिन् । ‘सासुरा हजुरबुवा अर्थमान राई हिडडुल गर्न नसक्ने छन, भने काका सासु ससुरा आपाङ्ग छन् । आफ्ना श्रीमान, देवर, सासुरा, हजुरआमा सासु दुर्घटनामा गुमाइन । घरमा काम गर्ने पुरुष कोही छैन्, उन्नले भनिन्न ।’

अदालत बाट एम्बुलेस मालिक र ट्रक मालिकलाई प्रकाउ गर्न प्रकाउपुर्जी जारी भए पनी प्रहरीले घटना घटेको १० महीना सम्म पक्राउ गर्न सकेको छैन।

न त पीडितले क्षेतिपूर्ति नै पाएका छन। प्रहरी प्रशासनले समयमै ध्यान नदिदा पीडितहरु झन पीडामा परेका छन।

सम्बन्धित खवर