सुकुम्बासी नेता लिम्बूलाई म्याद थप गरियो, तत्काल रिहाइ गर्न समितिको माग (भिडियो सहित)

सुकुम्बासी नेता लिम्बूलाई म्याद थप गरियो, तत्काल रिहाइ गर्न समितिको माग  (भिडियो सहित)

पथरी, सुकुम्बासी तथा अव्यवस्थीत बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौषम लिम्बूलाई म्याद थप गरिएको छ । हिजो पक्राउ परेका लिम्बूलाई आज ८ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पथरी प्रहरी नायव उपरीक्षक दिलिप गिरीले बताए ।

पक्राउ पछि आफ्ना नेतालाई पक्राउ गरिएको भन्दै संघर्ष समितिले मोरङको पथरी शनिश्चरे नगरपालिका र इलाका प्रहरी कार्यालय पथरीमा दवाव दिएका छन् । मौषम लिम्बूको तत्काल रिहाइ गर्नका लागि नारा लगाउदै इलाका पुगेकाहरुलाई प्रहरीले समन्वय गरी फिर्ता पठाएको छ । नगर, संघर्ष समितिका प्रतिनिधि सहितको छलफलले भोली नै जिल्ला प्रशासन कार्यालयमा आवश्यक समन्वय र रिहाइका लागि दवाव दिन जाने, इलाका प्रहरी कार्यालय पथरीले पनि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति पछि चौकी घेराउ गर्न पुगेको टोली फर्किएको छ ।

लिम्बूले पथरी शनिश्चरे ३ का अभिकेशर सापकोटालाई धाकधम्की दिएको भन्दै इलाकामा परेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी गिरीले बताए । सापकोटाले आफ्नो जग्गा छिमेकीकोमा परेको भनेर पटक पटक जग्गा छोड्न दवाव दिएको भन्दै लिम्बू सहितको टोलीले सापकोटाको जग्गामा कालो झण्डा समेत गाडेका छन् । कालो झण्डा गाड्नु अगाडी नै लिम्बूका विरुद्धमा इलाकामा उजुरी परेको थियो । सो उजुरीका विषयमा छलफलका लागि पटक पटक इलाकामा बोलाउदा समेत नआएपछि पक्राउ आदेश लिएर हिजो पक्राउ गरेको गिरीले बताए ।

लिम्बूलाई समितिको अध्यक्षको हैसियतले नभइ धाकधम्की दिएको आरोपमा परेको अभद्र व्यवहारको मुद्दाका लागि मौषम लिम्बूलाई परेको व्याक्तिगत उजुरीमा पक्राउ गरिएको गिरीको भनाइ छ तर यता संघर्ष समितिले भने जग्गाको विषयमा नै लिम्बूलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरिरहेको छ ।

भिडियो

सम्बन्धित खवर