क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य : दिपक कोइराला

क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य : दिपक कोइराला

पोखरा : गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य हुने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २८ माँझठानास्थित रोलाखोला र ढोडेनी खोला झरना क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्य स्थलका लागि महत्वपूर्ण ठाउँ रहेको बताए ।

झरनामा आफैले क्यानोनिङ गरेपछि सभापति कोइरालाले लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले त्यसठाउँको विकासका लागि आफूले विशेष पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

क्यानोनिङ अवलोकनका लागि पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र वाँस्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोला खोला र ढोडेनी खोला झरना, क्यानोनिङ लगायतका साहसिक खेलका लागि उत्तम रहेको बताए ।

साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तब्य हुने वडाध्यक्ष निर्मल दियालीको भनाई छ ।

६० मिटर अग्लो रहेको झरनाबाट अहिलेसम्म दुई सय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिए ।
२०७५ सालदेखि त्यहाँबाट क्यानोनिङ हुने गरेको भए पनि अहिले लकडाउनसंगै चर्चामा आएको त्रिपाठीको भनाइ छ ।

सम्बन्धित खवर