पोखराका मेयर भ्रष्ट्राचारका नाइके हुन् ः नेविसंघ कास्की

पोखराका मेयर भ्रष्ट्राचारका नाइके हुन् ः नेविसंघ कास्की

सञ्जय आचार्य, पोखरा

केहि दिन यताबाट पोखरामा महानगरको १३ करोड खै ? करोडौंँ राजस्व कता हरायो ? भन्ने प्रश्नहरु आम पोख्रेलीले महानगरसंग गर्दै आएका छन्। सो बिषयलाई ध्यानाकर्षण गर्दै सोमबार नेपाल विद्यार्थी संघ कास्कीका निःवर्तमान सभापति बिकास थापाले एक बिज्ञप्ति जारी गर्दै पोखराका मेयरलाई भ्रष्ट्राचारको नाइके भएको आरोप लगाएका हुन् ।

बिज्ञप्ति जारी गरेर नेविसंघ कास्कीले पोखरा महानगरका मेयर मान बहादुर जि.सी.ले १३ करोड होइन पौने २ करोड राजस्व हराएको हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा आपत्ति जनाएको छ। दर्जनभन्दा बढी ठेक्काहरुमा मिलेमतो, बेथिति गरेर स्मार्ट सिटीको सपना बाड्दै हिड्ने मेयर जि.सी.लाई नेविसंघ कास्कीले भ्रष्टचारीको नाइके ठहराएको छ।

थापाले उक्त कर महानगरका मेयर र उप–मेयरले तत्काल तिरोभरो नगरे आफुहरु आन्दोलनको मैदानमा उत्रने चेतावनी समेत बिज्ञप्ति मार्फत दिएका छन् ।

सम्बन्धित खवर