इलामका १७ जना शसस्त्र प्रहरी सहित प्रदेश १ मा थप १९ जनामा कोरोना पुष्टि

इलामका १७ जना शसस्त्र प्रहरी सहित प्रदेश १ मा थप १९ जनामा कोरोना पुष्टि

मोरङ, इलामका १७ जना शसस्त्र प्रहरी सहित प्रदेश १ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार इलाम नगरपालिकामा १७ जना पुरुष, झापाको बिर्तामोडका १ महिला र १ पुरुष गरी जम्मा १९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित देखिएकाहरू मध्ये इलामका १७ जना सशस्त्र प्रहरी गणका रहेका छन् । यस अघि सोही गणका १० जनामा सङ्क्रमण देखिएको थियो । यो सँगै गणमा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । इलाममा मात्रै हाल सम्म ५७ जना सङ्क्रमित रहेका छन् ।

प्रदेश १ का विभिन्न ठाउँबाट २५ जना कोरोना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले अद्यावधिक अपडेट मार्फत जानकारी गराएको छ । घर फर्केकाहरू मध्ये झापाका ७ जना मोरङका ५ जना सुनसरीका ३ जना, सोलुखुम्बुका १ जना इलामका १ जना ओखलढुङ्गाका ५ जना रहेका छन् ।

क्वारेनटिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी बिर्तामोडको क्वारेनटाइनमा खटिएकी थिइन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेनटिन सुरक्षामा खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर