राप्रपालाई झड्का, सिन्धुपाल्चोकमा कांग्रेस प्रवेशको लहर

राप्रपालाई झड्का, सिन्धुपाल्चोकमा कांग्रेस प्रवेशको लहर

 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाक्षेत्र नं १ का राप्रपाका क्षेत्रीय अध्यक्ष महेन्द्र लामा,जिल्ला सदस्य बुद्ध बहादुर तामाङ, अध्यक्ष रत्नबहादुर तामाङ लगायतका नेता कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलको निवासमा बुधबार कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङको उपस्थितिमा राप्रपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेशगरेका नेता कार्यकर्तालाई बरिस्ठ नेता पौडेलले कांग्रेस पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश गराउँदै बरिस्ठ नेता पौडेलले लोकतान्त्रिक शक्तिको एकताले मात्रै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्रको रक्षा गर्न सकिने बताए ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका साविक राप्रपाका उम्मेदवार रहेका राप्रपा क्षेत्रीय अध्यक्ष महेन्द्र लामाले कांग्रेस बिना लोकतन्त्रको संरक्षण नहुने भन्दै विगतमा राप्रपामा बस्नुनै ठुलो भुल भएको बताए ।

सम्बन्धित खवर