राप्रपा परित्याग गरी सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश

राप्रपा परित्याग गरी सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश

 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

थापा एघार केन्द्रीय सदस्य सहित कांग्रेसमा प्रवेश गरेका हुन् । आफ्नै बाबु लगायतले गठन गरेको पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका थापालाई कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गरे ।

कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड दिए ।

कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् ।

राप्रपा छाडेका ध्यानकृष्ण भट्टराई, विष्णु थापा, बाबुराम बस्नेत, वृज यादव, दीलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुर्मान विक, राम शाह लगायतलाई सभापत देउवाले सदस्यता र पौडेलले माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

सम्बन्धित खवर