नेपालमा थप २९३ जनामा संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

नेपालमा थप २९३ जनामा संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ। आइतबार मात्र दुई सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार पाँच सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा चार हजार सात सय १० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।

सम्बन्धित खवर