शुभकामना तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

शुभकामना तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

कास्की :  मिति २०७६।०२।१७ गते देखी जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा कार्यरत श्रीमान् प्रहरी उपरीक्षक दान बहादुर कार्कीज्यूको तालुक प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०७७।०३।०१ गतेको पत्रले तालुक प्रहरी प्रधान कार्यालय, बिशेष व्युरोमा सरुवा भएर जान लाग्नु भएकोमा आज मिति २०७७।०३।०८ गते जि.प्र.का. कास्कीको सभाहलमा यस कार्यालय तथा मातहत कार्यालयका सम्पुर्ण प्र.क.हरुको तर्फबाट उहाँको प्रहरी संगठन प्रतिको आस्था, प्रहरी कर्मचारी प्रतिको माँया प्रति आभार ब्यक्त गर्दै उहाँको अबको कार्यकालको सफलताका साथै सुखद व्यवसायीक तथा व्यक्तिगत जिवनको कामना गर्दै शुभकामना तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सुवास हमाल ज्यूले शुभकामना दिनुभएको थियो भने उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुले फुल तथा मायाँको चिनो उपहार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी उपरिक्षक ज्यूले सम्पुर्ण प्रहरी कर्मचारी, पत्रकार, कास्कीवासीहरुलाई उहाँलाई गर्नुभएको साथ र सहयोगको कदर गर्दै धन्यवाद व्यक्त गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई अमुल्य नीति निर्देशन एंव आगामी दिनहरुमा आउने जिम्मेवारीलाई व्यवसायीक कुशलताका साथ पुरा गर्नको लागी शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर