‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन्’ : राजेश हमाल

‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन्’ : राजेश हमाल

काठमाडौं : नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले छिमेकी राष्ट्र भारतले नेपालप्रति गरेको पछिल्लो गतिविधि प्रति आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । बुधबार साँझ अंग्रेजी भाषाको भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै महानायक हमालले भारतसँग जोडिएका नेपाली सिमा र उत्पन्न विवादबारे आफ्नो भनाई राखेका हुन् ।

महानायक राजेश हमालले भिडियोमा बोलेका कुरालाई हामीले यहाँ सारांशको रुपमा उतारेका छौं । ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ । ईतिहास साक्षी छ, लिम्पुयाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो ।

भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् । हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैंगँपनि सम्झौता गर्दैन ।

महानायक राजेश हमालले हाल नेपाल तथा भारत बिच उठेको सिमानाको समस्याले सम्पूर्ण नेपालीहरुको मनमा आहत पुगे जस्तै आफुलाई पनि मर्माहत बनाएको बताएका छन् । वास्तवमा ईतिहास साक्षी छ, लिम्पुयाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो । छिमेकी मित्र राष्ट्र भारतलाई ईतिहासको परिप्रेक्ष्य तर्फ पनि हेर्न आग्रह गरेका छन् । भारत एशियाको एक शक्तिशाली राष्ट्र भएको हुँदा आफ्ना स साना छिमेकी राष्ट्रहरुसँग स्नेह तथा सहयोगको भावना सदा जागृत हुनु पर्ने कुरा पनि बताउनु भयो । सार्क सदस्य राष्ट्रहरुको आर्थिक उत्थानमा भारतको महत्वपूर्ण भूमिका भएको कुरा पनि भारतले विर्सन नहुने भन्नेृ महानायक हमालको भनाई छ ।

सन् २०१५ को अप्रिल २५ तारेखमा नेपालका आएको विनाशकारी भूकम्पले आहत भएका नेपाली जनता माथि अमानवीय नाकावन्दी थोपरेर भारतले ठुलो दुःख दिएको कुरा नेपालीहरुले कहिल्यै विर्सन नसक्ने भनि आफ्नो कुरा स्पष्ट रुपमा राजेश हमालले राखेका छन् ।

अन्तमा उनले सिमानाको समस्यालाई भारतले ईतिहास, तथ्यांक तथा प्रमाणको आधार हेरेर कुटनीतिक तवरमा समस्या समाधान गर्न पनि अनुरोध गरेका छन् । हाल यस सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई साम्य पार्न भारतले सदासयताका साथ समस्या समाधान गर्ने तर्फ कदम चाल्नु जरुरी भएको उनको भनाई छ ।’

सम्बन्धित खवर