लकडाउनको पालना गराउन सहायक सिडियो नै फिल्डमा (भिडियो सहित)

लकडाउनको पालना गराउन सहायक सिडियो नै फिल्डमा (भिडियो सहित)

पथरी, लकडाउनको पालना गराउनका लागि सहायक सिडियो नै फिल्डमा उत्रिएका छन् । मोरङको उर्लाबारी स्थित इलाका प्रशासन कार्यालय मंगलबारेका प्रमुख (सहायक सिडियो) झरेन्द्र प्रसाद चापागाँई आफै फिल्डमा उत्रिएका हुन् ।

उर्लाबारी नगरपालिकाले अन्य पालिकासंगको सिमानामा चेकपोष्ट राखेर कडाइ गरिरहेको स्थानहरुमा चापागाँई आफै पुग्ने गरेका हुन् । बुधबार पनि कार्यालय समय पछि चापागाँई सुनझोडा चेकपोष्टमा प्रहरी र स्वास्थ्यकर्मीको टोलीसंगै थिए । अत्यावश्यक काममा हिडेकालाई बाहेक अन्यलाई कडाइका साथ लकडाउनको पालना गराउन चापागाँई आफै खटिएका थिए । मलामी गएर आएको इलामको टोलीलाई रोकेपछि केहिबेर तनावको अवस्था समेत सिर्जना भएको थियो ।

चुलाचुली गाउँपालिकाको सिफारिसमा पथरी शनिश्चरे १० मा आफन्तको मलामी आएर फर्कदै गरेको टोलिलाई चापागाँइले पास बिना हिड्न पाइदैन भनेर रोकेपछि वादविवाद भएको हो । करिब ३० मिनेट पर्खाएर चापागाँईले लकडाउनमा सबैले सचेत हुन सामुहिक अनुरोध गरेर घर पठाएका छन् । विश्व महामारीमा रहेका बेला सरकारले लागु गरेको लकडाउनको अनिवार्य पालना गर्न चापागाँईले अनुरोध गरे । हिड्नै पर्ने अत्यावश्यक काम भएमा पास लिएर मात्रै हिड्न र मलामी भनेर जोखिम मोलेरै हुल बाँधिएर सय पचास जना नहिड्न पनि चापागाँईले अनुरोध गरेका छन् ।

भिडियो

सम्बन्धित खवर