पथरीशनिश्चरे, (मोरङ) – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विनोद भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनले समितिको उपाध्यक्षमा दिपक कटुवाल, सचिवमा केदार बजगाँई, सदस्यमा क्रमश: दीपा कुमारी कटवाल, सर्मिला सुवेदी, योगेन्द्र प्रसाद कुइकेल, खड्ग राज राई, युवराज भट्टराई, गंगा प्रसाद आचार्य, दिपक नेपाली, काजिमान तामालाई चयन गरेको छ ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूले रास्वपाको सिद्धान्तलाई आत्मसात गर्दै आगामी दिनमा वडाको विकास र पार्टीको संगठन विस्तारमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।







