भू.पू. सैनिक स्कुलले चालककी श्रीमतीको उपचारका लागि गर्‍यो आर्थिक सहयोग

भू.पू. सैनिक स्कुलले चालककी श्रीमतीको उपचारका लागि गर्‍यो आर्थिक सहयोग


पथरी शनिश्चरे, मोरङ: मोरङको पथरीशनिश्चरे-१ मा अवस्थित भू.पू. सैनिक अङ्ग्रेजी स्कुलले आफ्ना सवारी चालक मदन बस्नेतकी श्रीमती मैया बस्नेतको उपचारका लागि आर्थिक सहयोग गरेको छ। फोक्सो सम्बन्धी रोगबाट पीडित मैया बस्नेतको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विद्यालय परिवारले २५ हजार, विद्यालय सञ्चालक समितिबाट ३१ हजार ५ सय र शिक्षक कर्मचारीबाट २२ हजार गरी कुल रु. ७८ हजार ५ सय प्रदान गरेको हो।
उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धन बहादुर राना मगरमार्फत हस्तान्तरण गरिएको छ। यो सहयोग विद्यालय परिवार, सञ्चालक समिति र शिक्षक कर्मचारीको संयुक्त प्रयासबाट जुटाइएको हो।
यस सहयोगले विद्यालय र कर्मचारीबीचको आपसी सद्भाव र एकतालाई उजागर गरेको अध्यक्ष मगरले बताउनुभयो ।

सम्बन्धित खवर