क्याम्पेन फर चेन्जले गर्यो अन्तरक्रिया कार्यक्रम

क्याम्पेन फर चेन्जले गर्यो अन्तरक्रिया कार्यक्रम

क्याम्पेन फर चेन्ज (CfC) ले पथरीशनिश्चरे नगरपालिकाको संयोजनामा स्थानीय तहको सरकार र अन्य सरोकारवालाबीच अन्तरलिङ्‌गी र उनीहरूका समस्याहरूबारे संवेदनशीलता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको गरेको छ।

कार्यक्रम, स्थानीय सरकारका जनप्रतिनिधि ,कर्मचारीहरू र अन्य सरोकारवालाकालागि आयोजना गरिएको थियो, जसमा अन्तरलिङ्‌गी व्यक्तिहरू, विभिन्न संघसस्थाका प्रतिनिधी लगायतको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा अन्तरलिङ्गीहरूको जीवन अनुभव र उनीहरूले भोग्दै आएका सामाजिक, कानुनी र संरचनागत चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो।

क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक एवम अभियानका संयोजक ईशान रेग्मीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

नेपालको संविधानमा ‘लैङ्गिक तथा यौनिक अल्पसंख्ख्यक’ भनेर उल्लेख गरेतापनि नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार स्थिति बारे स्पष्टता छैन ।
अधिकारकर्मीहरूले विभिन्न प्रकारका हननहरू पहिचान गरेका अनुभव प्रस्तुत गरेका छन् ।

सम्बन्धित खवर