रतुवामाईमा प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता सुरु

रतुवामाईमा प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता सुरु

रतुवामाई नगरपालिकामा प्रदेशस्तरिय ( क्लब) प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । शनिबार विहान रतुवामाई -१० सोमबारेस्थित टिमटिमे खेलमैदानमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो प्रतियोगिताको उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री राईले भलिवल केवल मनोरञ्जन मात्र नभई सामाजिक सद्धाव बढाउने, स्थानिय ठाउ र राष्ट्रको समेत गौरव बढाउने खेलकुदको महत्वपुर्ण विधा भएको बताए । यस्तै उनले खेलकुदको माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिने बताउदै स्वास्थ्य जिवनयापनको लागि खेलकुद अनिवार्य रहेको बारे चर्चा गरे ।

रतुवामाईमा सकृय सामाजिक संस्थाको रुपमा रहेको बुलेट गाईज क्लवको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । जसअन्तर्गत शनिबार दुई वटा खेल सम्पन्न भएको छ ।

आज सम्पन्न पहिलो खेलमा आयोजक बुलेट गाईज क्लवले जित हाँसिल गरेको छ । बुलेट गाईजले त्रिवेणी युवा कलवलाई ३-१ को सोझो सेटमा हराएको थियो । सो खेलमा बुलेट गाईजका जर्सि नम्बर ६ का निरुप बस्नेत म्यान अफ दि म्याच घोषित भएका छन् । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

यस्तै पाथिभरा टाईगर्स भलिवल क्लव, दमक र बेलबारी भलिबल क्लवबिच भएको दोस्रो खेलमा पाथिभरा विजयी भएको छ । पाथिभराले ३-१ को सोझो सेटमा बेलबारीलाई हराएको थियो ।

सो खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले पाथिभराका जर्सि नम्बर ४ का प्रदिप कट्टेललाई म्यान अफ दि म्याच घोषणा गरेको थियो ।उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

दुवै खेलमा म्यान अफ दि म्याच घोषित भएका खेलाडिलाई रतुवामाई -१० का वडाध्यक्ष भुलबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए ।

रतुवामाई नगरपालिका वडा नम्बर १० को मुख्य प्रायोजन रहेको सो प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया नगद पाउनेछ भने उपविजेताले ६१ हजार १ सय ११ रुपैया नगद पाउनेछ । साथै विजेता र उपविजेता दुवै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक चन्द्रबहादुर आलेले बताए । यस्तै म्यान अफ दि म्याच, वेष्ट प्लेयर, वेष्ट स्ट्राईक, वेष्ट ब्लकर, वेष्ट सटर र वेष्ट डिफेन्डर खेलाडीलाई समेत पुरस्कृत गरिने आलेले बताए ।

कोशी प्रदेशका उत्कृष्ट मानिएका ८ वटा क्लवहरुको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल सोमबार हुनेछ ।

त्यस्तैगरी आईतबार नेपाल पुलिस क्लव, विराटनगर र नेपाल आर्मी क्लव, ईटहरीबिच पहिलो खेल हुनेछ भने दोस्रो खेल प्रदेश भलिवल ट्रेनिङ सेन्टर र उर्लाबारी भलिवल क्लवबिच संचालन हुने बताईएको छ ।

उद्घाटन खेलमा आयोजित समारोहमा रतेवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिह गनगाई, पुर्व मेयर रविन राई, ८ नम्बर वडाका वडाध्यक्ष पुष्प कार्की, १० नम्बर वडाका वडाध्यक्ष भुलबहादुर कार्की , पुर्व वडाध्यक्ष टंक ढकाललगायतको आतिथ्यता रहेको थियो ।

क्लवका सचिव अनिश कार्कीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य क्लवका संरक्षक समेत रहेका रतुवामाई -१० का वडाध्यक्ष कार्कीले राखेका थिए ।

 

यसैबिच आजको उद्घाटन खेलमा चर्चित गायिका मल्लीका कार्कीले वेजोड प्रस्तुती दिएकी थिईन् । उनले पस्केका गितहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

क्लवका अध्यक्ष दिपक श्रेष्ठको सभाध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर