गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयाैँ : केपी ओली

गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयाैँ : केपी ओली

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हालै सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

यात्राबारे जानकारी दिन आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका हुन् ।

‘अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रोथ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने ।

झुलाझाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको दाबी गर्दै उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको जानकारी दिए ।

राजनीतिक अस्थिरताको कारणले जनतामाझ रहेको निराशालाई यात्राले चिर्न सफल भएको दाबी गर्दै उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको पनि बताए ।

सम्बन्धित खवर