उर्लाबारी आगलागि घटनामा परि घाईते भएका तपन पण्डितको निधन भएको छ । काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी-७ का ४३ वर्षिय पण्डितको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
अस्पतालको आईसियू कक्षमा उपचाररत पण्डितको मंगलबार बिहान २:४५ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
हाल सो अस्पतालमा २४ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ८ जना उपचाररत रहेको बताईएको छ ।