कतारमा हृदयघातबाट उर्लाबारीका मणिराज गजमेरको निधन

कतारमा हृदयघातबाट उर्लाबारीका मणिराज गजमेरको निधन

२३ कार्तिक /उर्लाबारी
कतारमा हृदयघातबाट उर्लाबारीका मणिराज गजमेरको निधन भएको छ ।

कतारको ए.सी. कम्पनिमा चालकको रुपमा कार्यरत ४७ वर्षिय गजमेरको गत कार्तिक १६ गते हृदयघातको कारणले असामयिक निधन भएको उनको परिवारले जनाएको छ।

उर्लाबारी—३ मंगलबारे निवासी गजमेर १६ महिनाअघि मात्रै वैदेशीक रोजगारीका लागि कतार पुगेका थिए ।

उनको धार्मिक संस्कार अनुसार बिहिबार ११:३० बजे उर्लाबारीस्थित बक्राह घाटमा सदगद गरिने परिवारले जनाएको छ ।

उनी आफ्नो श्रीमतीसहित ५ वर्षिय एक छोरा र ९ वर्षीया एक छोरीसँग मंगलबारे रामनगर चोक पूर्व रिमझिम होटल छेउ बस्दै आएका थिए ।

असामयिक निधन भएका मंगलबारेका युवा मणिराज गजमेरप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

सम्बन्धित खवर