अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ । काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।
नगरपालिकाले अब काबुलका मृतकलाई सहरबाहिर अर्को ठाउँमा लैजानुपर्ने बताएको छ । काबुल सहरमा तीन सयभन्दा बढी चिहान स्थल छन् । तर कैयौँ वर्षदेखि चल्दै आएका युद्धको कारण शव गाड्ने ठाउँ अभाव भएको खबरमा उल्लेख छ ।
सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीको निर्माणका कारण खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन । काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा भएकाले समस्या भएको स्थानीयको गुनासो छ ।