पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता कार्तिक ११ बाट

पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता कार्तिक ११ बाट

पिट्सबर्ग च्यालेन्ज कप फुटबलको दोश्रो संस्करण मोरङ्गको पथरीशनिश्चरे १० मा यहि कार्तिक ११ बाट शुरु हुने भएको छ । तेश्रो मुलुक पुनर्स्थापना भएका भुटानी शरणार्थीहरुको आयोजनामा संचालन हुने प्रतियोगिता विभिन्न ८ वटा टोलिहरुको सहभागितामा कार्तिक १८ गते सम्म संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने विधागत पुरस्कार तर्फ विभिन्न ७ विधाका विजेताले नगद ७ हजार ५ सय प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजक समिति संयोजक गणेश थक्लुङ लिम्बूका अनुसार प्रतियोगितामा दमक एकेडेमी, पथरी ११ एफसी, चारतारे एफसी९ लेटाङ्ग० , भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणार्थी शिविर, जहदा एफसी र टेन नवोदय सहित८ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगिताको अघिल्लो संस्करणको विजेता वेलवारी फुटबल क्लब रहेको थियो ।

प्रतियोगिता अवधिमा सौहार्दपुर्ण वातावरणमा खेल संचालन गर्न आवश्यक सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख वेद प्रसाद गौतमले बताउनु भयो ।

सम्बन्धित खवर