रमाले सार्वजनिक गरिन ‘म टुहुरी’ (भिडियो सहित)

रमाले सार्वजनिक गरिन ‘म टुहुरी’ (भिडियो सहित)

मोरङ, नवोदित गायिका रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा–छोरीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

राजन क्षेत्रीको शब्द र संगीतमा निर्माण गरिएको गीतमा रमा अधिकारीको स्वर रहेको छ । गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको संघर्षलाई देखाउन खोजिएको छ ।

उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र बसन्त बस्नेतले गरेका हुन् ।

सम्बन्धित खवर