हिमानी शाहले राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेकी छन्। कीर्तिपुरस्थित केन्द्रमा बिहिबार पुगेर उनले केन्द्रका गतिविधि, अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी परियोजनाबारे जानकारी लिएकी हुन्।
पूर्वमन्त्री तथा सांसद महावीर पुन अध्यक्ष रहेको केन्द्रमा पूर्वराजकुमारी दिलासा राणाले पनि अवलोकन गरेकी थिइन्। अवलोकनका क्रममा उनीहरूले केन्द्रमा भइरहेका प्रविधि विकास, अनुसन्धान र युवा नवप्रवर्तनसम्बन्धी गतिविधिबारे चासो व्यक्त गरेका थिए।
राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै प्रविधि विकास र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न आविष्कार तथा नवप्रवर्तनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय राजपरिवारको सक्रियता बढेको बारे आम मानिसले चासो व्यक्त गर्न थालेका छन् भने राजालाई राष्ट्रपतिको स्थानमा राख्नुपर्ने बहस समेत सुरु भएको छ ।
भिडियो






