रतुवामाई ः मनलाग्दी शिक्षक नियुक्तीको मौखिक आदेश दिन्छ शिक्षा शाखा, प्रअलाई थाहा छैन् शिक्षा ऐन

रतुवामाई ः मनलाग्दी शिक्षक नियुक्तीको मौखिक आदेश दिन्छ शिक्षा शाखा, प्रअलाई थाहा छैन् शिक्षा ऐन

भीमराज अधिकारी, पथरी

नगरको शिक्षा शाखाको मौखिक सहमतिले गर्दा एक प्रधानाध्यापकले कुटाइ खाए ।

मोरङको रतुवामाई ९ जनता माविका प्रअ ईश्वर खनालले गत जेठ २४ गते कुटाइ खाएको घटना अझै मिलिसकेको छैन् । खनाललाई सोही वडामा रहेको रत्नडिक आधारभूत विद्यालयका शिक्षक सन्तोष घिमिरेले झापड हानेका हुन् । खनाललाई झापड हानेपछि अभद्र व्यवहारको कसुरमा घिमिरे इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेका छन् ।

खनाल र घिमिरेको यो झगडामा नगरको शिक्षा शाखा पनि दोषी देखिएको छ । शिक्षा शाखाले आवश्यकताको आधारमा शिक्षक विज्ञापन गर्न पाउने भनेर मौखिक सहमति दिएपछि दुई पक्ष बिच लफडा भएको हो । अध्यापन गराउनका लागि शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) आवश्यक हुन्छ तर जनता माविमा जेठ २१ गते खुलाइएको विज्ञापनको १२ नं. बुँदामा आवेदन साथ आवश्यक पर्ने कागजातमा शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र र अध्यापन अनुमतिपत्र आवश्यक हुने भनिएको छ । फेरी सोही विज्ञापनको १३ नं. बुँदामा विज्ञान, गणित र कम्प्युटर विषयको हकमा अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने भनिएको छ ।

यहि विषयमा अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने भन्ने व्यवस्था नभएको भनेर खनाललाई घिमिरेले भनेपछि प्रअ खनाल घिमिरे माथी खनिएको वडा अध्यक्ष इन्द्र चोङ्वाङले बताए । यसअघि फोनवार्ताका क्रममा खनालले घिमिरेलाई यो व्यवस्था नगरले गरेको भनेर भन्दा घिमिरेले उल्टै आफुलाई गाली गलौज गरेको बताएका छन् ।

प्रअलाई थाहा छैन् नगरले गरेको व्यवस्था र ऐन

‘रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ (पहिलो संसोधन २०७७)’ राजपत्रमा प्रकाशित गरेर जारी गरिएको छ । ऐनको परिच्छेद आठमा योग्यता, अयोग्यता, नियुक्ति, सरुवा र दरबन्दी मिलान सम्बन्धी व्यवस्था छ । सो परिच्छेदको ५ नं. बुँदाले पनि माथी उल्लेखित कुरालाई नै पुष्टि गर्छ तर सोही परिच्छेदको ६ नं. बुँदाले माथिको व्यवस्थामा बाधा खडा गरेको छ । ‘‘बुँदा नं. ६ मा माथि जुनसुकै कुरा लेखिएको भएता पनि पहिलो पटक विज्ञापन गर्दा कुनै शिक्षा विषयको, तालिम नलिएको व्याक्तिको निवेदन वा दरखास्त नपरेमा दोस्रो पटकको विज्ञापनमा मात्रै खण्ड ५ ज बमोजिमका उमेद्वारले भाग लिन पाउनेछन् ।’’ भन्ने स्पष्ट व्यवस्था छ तर जनता माविको विज्ञापनमा पहिलो पटक नै अनुमति पत्र नभएकाले पनि दरखास्त दिन पाउने छन् भन्ने स्पष्ट रुपमा खुलाइएको छ ।https://ratuwamaimun.gov.np/sites/ratuwamaimun.gov.np/files/%E0%A4%B0%E0%A4%A4%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%88%20%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%95%E0%A5%8B%20%E0%A4%86%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%AD%E0%A5%82%E0%A4%A4%20%E0%A4%A4%E0%A4%A5%E0%A4%BE%20%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AE%E0%A4%BF%E0%A4%95%20%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%20%E0%A4%90%E0%A4%A8%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC%20%20%28%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%8B%20%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A5%8B%E0%A4%A7%E0%A4%A8%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD%29.pdf

नगरको ‘सामुदायिक विद्यालयमा करारमा शिक्षक/कर्मचारी नियुक्ति सम्बन्धी कार्यविधि २०७७’ पनि छ । यसको बुँदा नं. ८ मा उमेद्वारको योग्यता सम्बन्धी व्यवस्था छ । यसमा ‘‘शिक्षक कर्मचारी छनौट हुनका लागि लिइने परीक्षामा सहभागी हुन शिक्षा ऐनले तोकेको शैक्षिक योग्यता तथा तालिम प्राप्त गरेको हुनुपर्ने छ । सो कानुनमा योग्यता वा तालिम नतोकिएको भए प्रचलित कानुनका आधारमा समितिले तोके बमोजिम हुनेछ’’ भन्ने व्यवस्था छ ।

https://ratuwamaimun.gov.np/sites/ratuwamaimun.gov.np/files/%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95%20%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%AE%E0%A4%BE%20%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95%20%E0%A4%95%E0%A4%B0%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%20%E0%A4%B0%E0%A4%BE%E0%A4%96%E0%A5%8D%E0%A4%A8%E0%A5%87%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD.pdf

यस विषयमा विधालयका प्रअ खनालले भने नगरको कार्यपालिका बैठकले निर्णय गरेको जिकिर गरे तर लिखित रुपमा त्यस्तो व्यवस्था गरेको कुनै प्रमाण भने दिएनन् । नगरको शिक्षा शाखाले यस विषयमा लिखित व्यवस्था नभएको तर मौखिक रुपमा विद्यालयलाई आवश्यक परेको शिक्षक राख्न सक्नेगरी अनुमति दिने गरेको शिक्षा शाखाकी प्राविधिक सहायक सिर्जना गौतमले बताइन् । मौखिक अनुमतिकै आधारमा केही विद्यालयले शिक्षक नियुक्ति समेत गरिसकेको गौतमको भनाइ छ । यस्तो मौखिक रुपमा जथाभावी दिएको सहमतिले अध्यक्ष, प्रअ, शिक्षक सबैलाई, योग्यता नपुगेका तर आफुलाई आवश्यक परेका भनेर आफ्ना मान्छे राख्नका लागि बाटो खुल्ला गरिदिएको छ ।

शिक्षामा भएको यस्तै गैह्रजिम्मेवारीले गर्दा सांसद घनश्याम खतिवडाका भान्जा ज्वाँई नाता पर्ने प्रअ खनालले पिटाइ खाएको कुरा सदनमा उठ्यो भने पिट्ने घिमिरेले इलाका प्रहरी कार्यालय सिजुवामा रात कटाइरहेका छन् । नगरको शिक्षा सम्बन्धी ऐनको अध्ययन नै नगरेर लफडा गरी कुटाइ खाएका प्रअ खनाललाई जोगाउनका लागि सांसद खतिवडाले गरिमामय सदन नै प्रयोग गर्नुप¥यो ।

नगरले दिएजस्तै मौखिक सहमतिमा सन्तोष घिमिरेकी श्रीमती लिला घिमिरेलाई अध्यापनका लागि प्रअ खनालले जेठ १४ बाट नै अनुमति दिए तर यसअघि राजिनामा दिएकी शिक्षक पवित्रा भट्टराईको राजिनामा भने जेठ १७ गते मात्रै स्वीकृत गरेका छन् । वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सदस्य, प्रअ खनाल र शिक्षकहरू बसेर कक्षा अवलोकन पछि मौखिक सहमतिका आधारमा लिलालाई अध्यापनको अनुमति दिएको व्यवस्थापन समिति अध्यक्ष बौधमान थापाले बताए ।

विज्ञापन स्थगित

विद्यालयले पहिले लाइसेन्स भएकाले मात्रै आवेदन दिन पाउने भनेर विज्ञापन गर्नुपर्ने नगर शिक्षा शाखा प्रमुख हरिहर घिमिरेले बताए । विद्यालयले राम्रोसंग सल्लाह नै नगरी विज्ञापन गरेकाले समस्या देखिएको घिमिरेको भनाइ छ तर विद्यालयले विज्ञापन गर्नु भन्दा अगाडी शिक्षा शाखासंग अनुमति लिनुपर्छ । असार पछि सोही दरबन्धिमा बजेटको व्यवस्था हुने नहुने टुङ्गो नभएको बताउने घिमिरे कै शाखाबाट अनुमति लिएर विद्यालयले विज्ञापन प्रकाशित गरेको छ । विज्ञापनमा विवाद आयो भन्ने सुनेपछि तत्काललाई सो विज्ञापनको सबै प्रकृया रोक्न भनेको छु घिमिरेले जानकारी दिए ।

यस घटनामा जाेडिएका प्रअ खनाल र शिक्षक घिमिरे दुवैजना नेपाली कांग्रेस समर्थीत संस्था नेपाल शिक्षक संघमा आवद्ध रहेका छन् । यो घटनाले कहाँ कस्ले कुटाइ खायो ? कस्को श्रीमती वा अरु कोहीले नियुक्ति पायो पाएन भन्दा पनि शिक्षा क्षेत्र कति अस्तव्यस्त छ अनि कति राजनीतिकरण र नातावाद कृपावाद लाग्छ भन्ने प्रष्ट पारेको छ । प्राय विद्यालयहरूमा आफ्ना श्रीमती, छोरा छोरी देखि नाता पर्ने सबैलाई जागिर लगाउने प्रचलन देखिन्छ । जनतामा विवादित भएर सतहमा छताछुल्ल भयाे अरु विद्यालयमा हुन बाँकी छ फरक यति मात्रै हो ।

याे पनि

https://pradeshdainik.com/2022/06/36301.html

https://pradeshdainik.com/2022/06/36313.html

सम्बन्धित खवर