जनता माविमा विवादका बिच फेरी अर्को विज्ञापन, विज्ञापनको म्याद २ दिन

जनता माविमा विवादका बिच फेरी अर्को विज्ञापन, विज्ञापनको म्याद २ दिन

पथरी, मोरङको रतुवामाई ९ मा रहेको जनता माध्यमिक विद्यालयमा एउटा विज्ञापनमा रहेको विवाद नसकिदै अर्को विज्ञापन प्रकाशन गरिएको छ ।

गत जेठ २१ गते प्रकाशन गरिएको विज्ञापनमा विवाद हुँदा प्रधानाध्यापक र अर्को विद्यालयका शिक्षक बिच चर्को विवाद भयो । सोही विवादका कारण शिक्षक सन्तोष घिमिरेले प्रअ ईश्वर खनाललाई एक झापड लगाइदिए तर खनालले अझै चेत खाएका छैनन् । नगरको स्वयं सेवक शिक्षकका लागि खुलाएको विज्ञापनको विवाद के हुने भन्ने निक्र्यौल नै नगरी पूनः विवादका बिच अर्को पदका लागि विज्ञापन प्रकाशन गरेर झन विवादित बनेका छन् प्रअ खनाल ।

विज्ञापन नं. ००१/०७८/०७९ को विज्ञापनमा एकजना निजि शिक्षक माग गरिएको छ । विज्ञापनमा भनेअनुसार नर्सरी, एलकेजी, युकेजी ग्रेड शिक्षक मुख्य विषय अंग्रेजी भएको महिला खोजिएको छ । २०७९ असार १ गतेसम्म २ दिनको आवेदन म्याद राखेर माग गरिएको शिक्षक विज्ञापनका लागि पहिले नै तयार गरिएको शिक्षक नियुक्तीका लागि हो भन्ने भान प्रस्ट हुन्छ । सो विज्ञापनमा आवेदन दिनेहरूको परीक्षा मिति समेत तोकिसकिएको छ । असार २ गते हुने परीक्षाका लागि जेठ ३० गते विज्ञापन गरिएको हो ।

यसअघि विज्ञापन नं. १/०७८/०७९ कै विज्ञापनमा स्वयं सेवक पदमा ६ दिनको विज्ञापन म्याद रहेको थियो । सो विज्ञापनमा भएको विवाद यस्तो थियो

रतुवामाई शिक्षक कुटपिट घटना : सल्लाह नमिल्दा हात हालाहाल भयो

सम्बन्धित खवर