काठमाडौँ, नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ। गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक विशेष समारोहका बीच माननीय गृहमन्त्री सुधन गुरुङले उहाँलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार डा. केसी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा गृहमन्त्री गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशमा शान्ति, सुरक्षा र विधिको शासन कायम गर्न निर्देशन दिनुभयो।
समारोहमा गृह सचिवसहित मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।







