मंगलबारे शुक्रबारे दोस्रो खुल्ला नकआउट फुटबल हुने

मंगलबारे शुक्रबारे दोस्रो खुल्ला नकआउट फुटबल हुने

पथरी, मोरङको पथरीशनिश्चरे ८ मा मंगलबारे शुक्रबारे दोस्रो नकआउट फुटबल हुने भएको छ ।

मंगलबारे शुक्रबारे फुटबल क्लवको आयोजनामा चैत्र १९ देसि २६ गतेसम्म खुल्ला नकआउट फुटबल हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । खेलमा विभिन्न ८ वटा टिमले सहभागीता जनाउने छन् । एफ एफ सी धरान, वसन्त फुटबल क्लव जाँते, सिंहदेवी युवा क्लव लालभित्ती, मंगलबारे शुक्रबारे एफ.सी आयोजक, पथरी ११, इष्ट स्टार फुटबल क्लव मधुमल्ला, सनराइज युनाइटेड लेटाङ, तालतलैया फुटबल एकाडेमी इटहरी सहभागी हुनेछन् ।

खेलमा ४ लाख ५० हजार अनुमानित खर्च हुने आयोजकले जनाएको छ । बिजेता टिमले ५५ हजार ५५५ र दोस्रो हुने टिमले ३५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्यचले १५००, सर्वोउत्कृष्ट खेलाडीले ५ हजार र हरेक बिधामा उत्कृष्ट हुनेले नगद ३ हजारका दरले पुरस्कार पाउनेछन् ।

खेल सञ्चालनका लागि वडा नं. ८ ले १ लाख ७० हजार आर्थिक सहयोग गरेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । वडाका विभिन्न गतिविधिहरु मध्ये फुटबल पनि प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको दाहालको भनाइ थियो । आगामी दिनमा सहयोगका लागि पनि वडा कार्यालय सधैं तयार रहेको दाहालले बताउनुभयो । खेल वडा न‌‍ ८ स्थित समालडाँडा खेलमैदानमा हुनेछ ।

सम्बन्धित खवर