साहित्य प्रवद्र्धन समितिले सुरु ग¥यो १ महिने निःशुल्क तबला बादन तालिम

साहित्य प्रवद्र्धन समितिले सुरु ग¥यो १ महिने निःशुल्क तबला बादन तालिम

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले १ महिने निःशुल्क तबला बादन सुरु गरेको छ ।

आज वडा नम्बर १ स्थित मनोहर पार्कमा तालिमको उद्घाटन गर्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा सृजना क्षेत्रको प्रवद्र्धन र विकासका लागि नगरले वर्षेनी बजेट छुट्याएर केहि थालनी गरेकोमा यसलाई निरन्तरता दिनुमात्रै होइन यसलाई अझ व्यवस्थित बनाउन पालिकाको नयाँ समितिले थप काम गर्नुपर्ने जनाउनु भयो ।

तबला प्रशिक्षक जोनी योञ्जन, समिति सल्लाहकार गणेश वाछाना राई सहितले नगरलाई सृजनशील बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको वताउनु भयो ।

नगरको १० वटा वडाबाट प्रत्येक वडाबाट १÷१ जनालाई सहभागि गराइ तालिम सुरु भएको हो । सो सन्दर्भमा कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउँदै कार्यक्रम संयोजक अर्जुन सेञ्चुरीले नगरको सृजनशील गतिविधिलाई थप उर्जा प्रदान गर्न आफुहरु लागिपरेको उल्लेख गर्नुभयो ।

समितिको पछिल्लो बैठकले प्रत्येक वर्ष नगरपालिका कार्यालयले कार्यक्रमका लागि व्यवस्थापन गर्दै आएको बजेटबाट नगरकी देशमै चर्चामा रहेकी कवि विमला तुम्खेवालाई सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष धनराज राई (अमीर) ले जनाउनु भयो । समितिले नयाँ वर्षको सन्दर्भमा वैशाख ३ गते पथरीमा हुने ‘श्रष्टा सम्मान, तबला प्रशिक्षण समापन एवम् बृहत सांस्कृतिक कार्यक्रम’को आयोजना गर्दै पत्रकार समेत रहेकी तुम्खेवालाई सम्मान गरिने छ । नगरका पुरानादेखि नयाँसम्मका १ दर्जन सर्जकले सांस्कृतिक कार्यक्रममा यो वर्ष दिवंगत भएका गीत संगीतका सर्जकका गीतहरु गाएर उहाँहरुप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्नेछन् । जसका लागि झापाको विर्तामोडस्थित अलंकार व्याण्डबाट लाइभ बाजा बजाएर गायनको स्वाद प्रस्तुत गरिने कार्यक्रमको स्वरुप रहेको छ । साथमा प्रहसन र साहित्यिक प्रस्तुति समेत रहने छ ।

सम्बन्धित खवर