उर्लाबारी मेयर कप फुटवलको उपाधी वडा नम्बर ६ ले जित्यो

उर्लाबारी मेयर कप फुटवलको उपाधी वडा नम्बर ६ ले जित्यो

उर्लाबारी, उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ६ ले जितेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा आज भएको फाईनल भिडन्तमा वडा नम्बर ७ लाई ३–२ गोल अन्तरले हराउँदै वडा नम्बर ६ ले उपाधि उचालेको हो ।

गतवर्ष पनि वडा नम्बर ६ ले नै उपाधि जितेको थियो । वडा नम्बर ६ वडा नम्बर ५ लाई तथा वडा नम्बर ७ वडा नम्बर १ लाई पराजित गर्दै फाईनलमा पुगेका हुन् । प्रतियोगितामा नगरका ९ वटै वडाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि विजेता वडा नम्बर ६ ले नगद १ लाख ७५ हजार तथा उपविजेतामा चित्त बुझाएको वडा नम्बर ७ ले १ लाख १५ हजार सहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार वितरण गर्नुभएको थियो ।

सम्बन्धित खवर