अमरदह ढल्के जोवन गोल्डकप ः बिराट मेघा स्पोर्टसलाई स्तब्ध बनाउदै त्रिभुवन आर्मी अघिल्लो चरणमा

अमरदह ढल्के जोवन गोल्डकप ः बिराट मेघा स्पोर्टसलाई स्तब्ध बनाउदै त्रिभुवन आर्मी अघिल्लो चरणमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा त्रिभुवन आर्मी क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा बिराट स्पोर्टस एकेडेमी मोरङलाई ४–१ गोलको फराकिलो अन्तरसंगै आर्मी अघिल्लो चरण (क्वाटर फाइनल) मा प्रवेश गरेको हो । खेल सुरु भएको ३ मिनेटमा नै आफ्नो टिमलाई १ गोलको अग्रता दिलाएका त्रिभुवन आर्मीका टेक बहादुर बुढाथोकीले पुनः १० औँ मिनेटमा थप गोल गर्दै २–० को अन्तर बनाए । खेलको ११ औँ मिनेटमा आर्मीका चुन बहादुर थापाले पुनः अर्को गोल थपेपछि आर्मी ३–० को अन्तरले अघि बढेको थियो । खेलको दोस्रो हाफमा राजिव गुरुङले गोल गरेपछि आर्मी ४–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।

बिराट मेघा स्पोर्टसका तर्फबाट खेलको २४ औँ मिनेटमा भक्त बहादुर भण्डारीले टिमका लागि १ गर्न सफल भए । खेल अवधिभर निकै दवाबमा देखिएको बिराटले आर्मीका अगाडी जवाफी गोल फर्काउन नसक्दा पहिलो चरणबाट नै घर फर्किएको छ ।

खेलको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लबका टिम क्याप्टेन चुन बहादुर थापा घोषित भए । थापाले नगद ५ हजार रुपैयाँ साथमा ट्रफी प्राप्त गरे ।

यससंगै क्वाटर फाइनल समिकरण पुरा भएको छ । विहीवार पहिलो क्वाटर फाइनल खेल बुद्ध भूमि भेट्रान्स रूपन्देही र भारतको गोर्खा फुटबल क्लव सिक्किम बिच हुने आयोजक कमिटि अध्यक्ष प्रताप तामाङ्गले बताउनु भयो ।

सम्बन्धित खवर