पिट्सबर्ग च्यालेन्ज कप फुटबलः लेटाङलाई हराउँदै टाइब्रेकरमा पथरी विजयी

पिट्सबर्ग च्यालेन्ज कप फुटबलः लेटाङलाई हराउँदै टाइब्रेकरमा पथरी विजयी

पथरी, मोरङ्गको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा पथरी फुटबल क्लबले लेटाङ फुटबल क्लबलाई टाई–बे्रकरमा ३ –० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

निर्धारित समय गोल रहित बराबरी खेलेपछि खेल टाई–बे्रकर तर्फ धकेलिएको थियो । टाईबे्रकरमा लेटाङका खेलाडिको सबै प्रहारलाई पथरीका गोल रक्षक मनोज गुरुङले विफल तुल्याए पछि लेटाङले हार टार्न सकेन । पथरीका तर्फबाट साइमन लिम्बू, निरज परियार र यूकेश तामाङले गोल गरे भने मंजिल खड्का गोल गर्नबाट चुकेका थिए । लेटाङको तर्फबाट सुमन चाम्लिङ, यमन मगर र सन्दिप मगरको प्रहारलाई गोल रक्षक गुरुङले सहज विफल बनाएका थिए ।

खेल अवधिभर दुवै टिमले गोल गर्ने थुर्पै अवसर प्राप्त गरे पनि गोलले जाली चुम्न नसक्दा खेलको टुङ्गो टाई–बे्रकर मार्फत गरीएको हो । आजको खेलको मेन अफ द म्याच विजेता टिमका गोल रक्षक मनोज गुरुङ घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरे ।

थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा शुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँदैछन। प्रतियोगिता अन्तर्गत भोलीको खेल बेलबारी फुटबल क्लब र प्रतिभा यूवा समाज सुधार क्लब बिच हुनेछ।

प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए ।

यस्तै प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फवार्ड र हाइस्कोररलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद रु। १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल खेल कार्तिक १९ गते हुनेछ ।

सम्बन्धित खवर