मोडलिङमा व्यस्त करण

मोडलिङमा व्यस्त करण

पथरी / कर्ममा दृढ संकल्प। आफ्नो चरित्र निर्माणमा उतिकै मिहिनेत। अभिनयप्रतिको उस्तै मोह। यही विशेषताका कारण मोडल तथा कलाकार करण धिताल अलग परिचयसहितका मोडलको रूपमा चिनिन्छन्। उनको अभिनय कौसलले गर्दा म्युजिक भिडियोमा पहिलो प्राथमिकतामा पर्छन्। आकर्षक व्यक्तित्वका कारण निर्देशकको पहिलो रोजाइमा पर्छन्,उनी।

करणको मोडलिङ सपना थियो। बाल्याकालमा अभिनय मनभित्र महसुस हुन्थ्यो। तर, अभिनयलाई नै आफ्नो कर्म बनाउँछु भन्ने लक्ष्य थिएन। ‘मेरा लागि म्युजिक भिडियो टाढाको कुरा थियो । स्क्रिनमा देखिने रहर थियो । तर, यो फिल्डमा आफ्नो चिनजान कोही थिएन । अभिनय मेरो विधाभन्दा बाहिर थियो’, उनले भने। करण फाटो पत्रकार पनि हुन्, काम गर्ने क्रममा विस्तारै कलाकारहरूसँग बाक्लो जमघट हुन थाल्यो ।

दैनिक सिनेमा र गीतसंगीतको कार्यक्रमा कलाकारहरूसँगको भेटघाटले कलाकारिताप्रतिको बुझाइ फराकिलो हुँदै गयो। करणले स्थानीय पत्रपत्रिकामा काम गरेँ । सञ्चार क्षेत्रमा काम गर्न थालेँ, सँगै मोडलिङ मेरो सपना थियो । सम्भव छैन जस्तो लाग्थ्यो त्यो बेला’, उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्दै गएपछि सबैसँग भेटघाट हुन थाल्यो । साथीहरूले म्युजिक भिडियोमा अभिनय गर्न प्रोत्साहन गर्न थाले।’

करणले चार वर्षअघि म्युजिक भिडियोमा डेब्यु गरेका हुन् । डेब्यु भिडियोमा नै सबैको वाहवाही पाए तथा साथीहरूको माया पाए। जसले ऊर्जा थप्ने काम गर्यो । करणलाई अहिले एकपछि अर्को म्युजिक भिडियोका लागि अफर आउँछ । उनी महिनामा आधा दर्जन भिडियोमा अभिनय गर्छन् । निषेधाज्ञाको समयमा पनि उनको व्यस्तता कायमै रह्यो । ‘मलाई अनुभूत हुन्छ, काम ठिकै गरिहरहेको छु । आज यो स्थानमा आउनु दर्शक श्रोताहरूकै माया हो’, उनले भने।

५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका करणले नाम चलेका कलाकारहरुसँग स्क्रिन सेयर गरिसकेका छन् । ‘अनुशासन र कामप्रतिको इमानदारी भयो भने कलाकारितामा टिक्न सकिने उनको बुझाइ छ।

‘मोडलिङ क्षेत्रमा इमानदारका साथ लाग्नुपर्छ । राम्रो छ काम गर्न सक्यो भने । निरन्तर लागिपरे टिक्न सकिन्छ’, उनले भने’ ‘काम गर्छु भनेर मात्रै हुँदैन, कामप्रतिको सर्मपण चाहिन्छ नै त्योसँगै अनुशासन पनि उत्तिकै चाहिन्छ ।’ गीत मन पराउनु र नपराउनु पूर्वानुमान गर्न नसकिने उनको अनुभव छ। ‘कतिपय गीतमा धेरै मेहनत गरे पनि परिणाम खासै राम्रो आउँदैन । सामान्य मिहिनेत गरेको गीतलाई दर्शक मन पराइदिन्छन्’, उनले भने ।

यस्ता गीतहरू ह्वात्तै ट्रेन्डिङमा आउनेभन्दा पनि बिस्तारै भ्युज कमाउँदै जाने र सदाबहार गीत अन्तर्गत पर्छन् भन्ने उनको बुझाइ छ। उनलाई योबीचमा चलचित्र अफर पनि नआएका होइनन् । तर,उनले अझै काममा निखारता ल्याउने अनि मात्रै चलचित्र अभिनय गर्ने सोच बनाएका छन् । ‘अहिले नै गलत निर्णय लिनु हुँदैन । करियर नै यो कलाकारितामा समर्पण गर्नु छ । यसका लागि राम्रो काम गरौं भन्ने सोच छ’, उनले भने ।

सम्बन्धित खवर