रतुवामाई नगरपालिकामा जारी प्रदेशस्तरिय ( क्लब) प्रथम बुलेट गाईज खुला भलिबल प्रतियोगिता २०८१ को उपाधि आयोजक क्लवले जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमा आयोजक बुलेट गाईज भलिबल क्लवले पाथिभरा भलिबल क्लव, दमकलाई ३-१ को अन्तरले हराउदै च्याम्पियन बनेको हो ।
 
  
  
  
  
  
  
 
प्रतियोगिताअन्तर्गत पाथिभरा टाईगर्स दमक र उर्लाबारी भलिबल क्लवबिच सोमबार सम्पन्न पहिलो खेलमा पाथिभरा टाईगर्स विजयी भएको थियो । पाथिभराले उर्लाबारीलाई ३-० को सोझो सेटमा हराउदै प्रतियोगिताको फाईनल यात्रा तय गरेको थियो । सो खेलमा पाथिभराका जर्सि नम्बर ६ का रविन गौतम म्यान अफ दि म्याच घोषित भए । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।
त्यस्तैगरि बुलेट गाईज र पाथिभराबिच सोमबार सम्पन्न फाईनल खेलमा बुलेट गाईज च्याम्पियन बनेको छ । सो खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले पाथिभरा टाईगर्सका जर्सि नम्बर १२ का गणेश कट्वाललाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।
योसँगै च्याम्पियन बनेको बुलेट गाईजले १ लाख १ हजार १ सय ११ रुपैया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको पाथिभराले ६१ हजार १ सय ११ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै विजेता र उपविजेता दुवै टिमसहित विभिन्न विधामा नगदसहित पुरस्कृत भएका खेलाडीलाई वडा नम्बर १० का वडाध्यक्ष भुल बहादुर कार्कि, आयोजक क्लवका अध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष चन्द्र आले, कोषाध्यक्ष दिनेश भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
यस्तै आयोजकले वुलेट गाईजका अमित मल्ल, निरुप बस्नेत, मनोज घिमिरे र सन्तोष राईलाई क्रमश: वेष्ट प्लेयर, वेष्ट व्लकर, वेष्ट सेटर र वेष्ट डिफेन्डर घोषित गरेको थियो । यस्तै पाथीभराका प्रदिप पौडेल वेष्ट स्पाईक घोषित भए । उनीहरुलाई नगद सहित ट्रफी, मेडल र सम्मान पत्रले पुरस्कृत गरिएको आयोजक क्लवका सचिव अनिश कार्कीले बताए ।
 
  
 
रतुवामाई नगरपालिका वडा नम्बर १० को मुख्य प्रायोजन रहेको सो प्रतियोगिता गत माघ ५ गतेदेखि संचालन भएको थियो । सो प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ठ ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
तस्विरहरु: बुलेज गाईज क्लव/ रतुवामाई



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



