अशक्तहरुका लागि घरमै खोपको व्यावस्था गछौँः मेयर फागो

अशक्तहरुका लागि घरमै खोपको व्यावस्था गछौँः मेयर फागो

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले शारिरिक रुपमा अशक्त भै घरमै रहेका नागरिकहरुका लागि घरमै खोपको व्यावस्था गर्ने बताउनु भएको छ ।
पछिल्लो समय सरकारले ५५ वर्ष भन्दा माथिका नागरिक, बेदेशिक रोजगारीमा जान तयार भएका र फ्रन्टलाइनर भै कोरोना संक्रमण विरुद्ध लडिरहेकाहरुका लागि चिनको भेरोसेल खोपको व्यावस्थापन गरेको छ ।
सोही क्रममा उर्लाबारी नगरपालिकामा साउन १२ र १३ गते गरी विभिन्न खोप केन्द्रहरुबाट सेवा लिएका नागरिकहरु मध्ये शारिरिक रुपमा अशक्त भै खोप केन्द्र सम्म आउन नसकेका नागरिकहरुलाई वडाको समन्वयमा घर-घरमै खोपको व्यावस्थापन गर्ने योजना रहेको मेयर फागोले बताउनु भयो ।
विहिबार उर्लाबारी नगरपालिकाका मेयर फागोको विषेश पहलमा सामाजिक बिकास मन्त्रालयबाट अतिरिक्त २०० खोप र मौजाद रहेको गरी करिव ३ सय ५० बढी खोप सचारकर्मी, संघ संस्था, बैक, सहकारी संस्थाका कर्मचारी, ईन्टरनेट, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक लाई वितरण गरियो ।
सोही क्रममा नगरपालिका परिसरमा कोरोना विरुद्धको खोप लगाउन लाठ्ठि र आफन्तको साहारामा आएका एक ६८ वर्षीय पुरुष देखेपछि मेयर फागोले अशक्त नागरिकहरुलाई घरमै खोपको व्यावस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
खोप लगाउन पाउने अधिकार क्षेत्रभित्र परेर पनि शारिरिक अशक्तताका कारण खोप केन्द्र सम्म उपस्थित हुन नसकी खोपको पहुच बाट वञ्चित रहेका नागरिकहरुलाई नगरपालिकाले घरमै उपलब्ध गराउने अभियानमा नगरप्रमुख फागो अग्रसर भएर लागि पर्नु भएको हो ।

सम्बन्धित खवर