डायनीया, मोरङको सुनवर्षी नगरपालिकामा मेयर कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्षी ६ स्थित केरन्जाको खेल मैदानमा खेल सुरु भएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस मोरङ सभापती डिग वहादुर लिम्बू, बिशिष्ट अतिथि जिल्ला सचिव मोदराज घिमिरे, नगरपालिका मेयर काली प्रसाद दास, वडा अध्यक्ष, स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा खेलको उद्घाटन गरिएको हो ।
उक्त खेलमा नगर भित्रका १६ टिमको सहभागीता रहेको छ । चैत्र १८ गतेदेखि सुरु भएर ३१ गतेसम्म खेल सञ्चालन हुने छ । खेलका बिजेता टिमले १ लाख रुपैयाँ र उपविजेता लाई ७५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलका संयोजक मकर तामाङले बताए । २० ओभरको हुने खेल दैनिक २ वटाका दरले खेलाइने तामाङले जानकारी दिए ।